आज एमाले स्थायी कमिटी बैठक बस्दै

आशन्न महाधिवेशन र स्थानीय तहका अधिवेशनबारे छलफल गर्न एमालेको स्थायी कमिटीको बैठक बिहीबार (आज) दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने तय भएको छ।

गत असोज १५–१७ गते सम्पन्न विधान महाधिवेशनमा १०औँ महाधिवेशन अर्काे निर्णय नभएमा लुम्बिनी प्रदेशको बुटवलमा हुने घोषणा गरिएकामा उक्त स्थान परिवर्तन हुने सङ्केत देखिएको छ।

बागमती प्रदेशको बुधबारको बैठकमा सो प्रदेशका अध्यक्ष आनन्द पोखरेलले आफूहरू आफ्नो प्रदेशमा महाधिवेशन व्यवस्थापन गर्न तत्पर रहेको उद्घोष गरे पनि अध्यक्ष ओलीले स्थायी कमिटीले यसबारे निर्णय गर्ने जनाए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री