सेयर बजार परिसूचक नेप्से मंगलबार ७७.३३ अंकले घटेको छ। यससँगै परिसूचक २ हजार ५१० अंकमा कायम भएको छ। यसअघि सोमबार पनि ६९ अंकले घटेको थियो।
मंगलबार ३ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच हुँदा सबै समूहमा गिरावट आएको छ।
आज बैंकिङ ५१, विकास बैंक १९४, फाइनान्स ११२, होटल तथा पर्यटन ८८, जलविद्युत ११७, लगानी २, जीवन बीमा ४२८, उत्पादन १७५, माइक्रोफाइनान्स १३५, निर्जीवन बीमा ३१४, अन्य ३३ र ब्यापार समूह ५१ अंकले घटेका छन्।
७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ। २ कम्पनीको मूल्य भने स्थिर छ ।
नेपाल हाइड्रो डेभलपर्स र नेसनल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत धेरैले घटेकाे छ।
तपाईंको प्रतिकृया




