अभ्यास खेलमा भारतद्वारा इंग्ल्याण्ड ७ विकेटले पराजित

सातौँ संस्करणको टि-ट्वान्टी विश्वकपअघि अभ्यास खेलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको छ।

युएईमा सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको १८९ रनको लक्ष्य भारतले तीन विकेट गुमाएर १९ ओभरमा भेट्टायो। भारतको लागि इशान किशनले सर्वाधिक ७० रन बनाए। यस्तै केएल राहुलले ५१ रन जोडे।

इंग्ल्याण्डको बलिङमा डेभिड विलि, मार्क वुड र लियाम लिभिंगस्टोनले समान १/१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। इंग्ल्यान्डका लागि जोनी बेयरस्टोले सर्वाधिक ४९ रन बनाए। यस्तै मोइन अलीले ४३ रन बनाए।

भारतका मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए।

विश्वकपअघि दोस्रो अभ्यास खेलको रुपमा भारतले २० अक्टोबरमा अस्ट्रेलियासँग तथा इंग्ल्यान्डले न्युजिल्यान्डसँग खेल्ने छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री