भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

एजेन्सी । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार ८९ वर्षीय मनमोहन सिंहलाई बुधबार दिल्लीस्थित एम्समा भर्ना गरिएको हो ।

उनलाई ज्वरो आएको थियो । अहिले उनको स्वास्थ्य स्थिर रहेको बताइएको छ । कांग्रेस पार्टीको आधिकारिक ट्विटरमा भनिएको छ, ‘सम्पूर्ण राष्ट्र हाम्रा प्रिय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गर्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री