दशैंका लागि गाउँ जाने बढ्दै, आजसम्म करिब ७ लाखले काठमाडौं उपत्यका छोडे

केही दिन यता नेपालीहरुको महान् पर्व विजया दशमी तथा शुभ दीपावली मनाउन काठमाडौंबाट गाउँ फर्किनेहरुको लर्को लागेको छ। केही दिनदेखि दशैँ मनाउन गाउँ जानेहरुको लर्को लागेसँगै काठमाडौं सुनसान बन्न थालेको छ।

आज फूलपातीका दिन काठमाडौंको कोटेश्वर, तीनकुने, कलंकी, नयाँ बसपार्क लगायतका स्थानहरुमा मानिसहरुको लर्को लागेको थियो। बिस्तारै–बिस्तारै काठमाडौं शहरमा मानिसको चाप घट्दै गइरहेको छ भने सवारी साधनहरुको चापसँगै गाउँ फर्किने यात्रुहरुको लर्को देख्न सकिन्छ।

नवरात्र शुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौं आएकाहरु गाउँ फर्किन थालेका हुन्। यातायात व्यवस्था विभागले लामो दूरीको सवारीसाधनको लागि अग्रिम टिकट बुकिङ आश्विन ११ गतेबाट खोलेदेखि मंगलवार (फूलपाती) बिहान ४ बजेसम्म ६ लाख ८८ हजार २४३ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप