‘तत्काल ई–टिकट लागू गर्नुस्’: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमलाई तत्काल ई–टिकटिङ लागू गर्न निर्देशन दिएका छन्।

मन्त्रालयमा आइतबार आयोजना गरिएको मन्त्रालय एवं अन्तर्गतका निकायका प्रमुखहरूसँगको छलफल कार्यक्रममा मन्त्री आलेले नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू विद्युतीय माध्यमबाट प्रदान गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिए।

उनले भने, “नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू नागरिकले छिटोछरितो जानकारी लिनका लागि सेवाहरू विद्युतीय माध्यमबाट जानकारी दिनसक्ने गरी व्यवस्था गर्नुस्, निगमबारे सबै नागरिकले जानकारी पाउन सकून्”, निर्देशनकै क्रममा मन्त्री आलेले नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक विमान सेवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सबैले हातेमालो गर्नुपर्ने बताए। नेपाल वायु सेवा निगमलाई प्रतिस्पर्धी बनाएर यसको संरक्षण तथा संवर्द्धन गर्नसमेत मन्त्री आलेले आग्रह गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री