काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गण्डकी प्रदेशको पोखरा जाँदैछन् । साक्षर प्रदेश घोषणा, निर्माणाधीन पोखरा अन्तराष्ट्रियसँगै कार्यकर्ता भेटघाटका लागि उनी पोखरा जान लागेका हुन् ।
उनको सचिवालयका अनुसार त्यसका लागि उनी आज बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले पोखरा सभागृहमा आज आयोजना हुने गण्डकीलाई पूर्ण साक्षर प्रदेश घोषणा सभालाई बिहान ११ बजे सम्बोधन गर्नेछन् । यसपछि दिउँसो ३ बजे पोखरा-१७ मा चियापान एवं अन्य कार्यक्रममा सरिक हुने कार्यतालिका छन् ।
लगत्तै प्रधानमन्त्री देउवाले अपराह्न ५ बजेपछि राष्ट्रबैंक गेस्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्नेछन् । यसपछि प्रधानमन्त्री देउवाले भोलि सोमबार बिहान निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्ने उनको सचिवालयले जनाएको छ ।




