नेपाल बैंकको पर्व अफर,टेलिकमसँग सहकार्य

काठमाडौं। बडादशैं, तिहार र छठको अवसरमा पारेर नेपाल बैंकले दुईवटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ । नेपाल बैंकमा उक्त  खाताहरु खोल्ने ग्राहकलाई विशेष सुविधाका प्याकेजहरु दिने गरी  नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमले  एक सम्झौता गरेका छन् ।

शून्य ब्यालेन्समा “शुभज्ञान बचत खाता” र रु. ५०० न्यूनतम व्यालेन्समा “शहयात्री वचत खाता” खोल्न सकिने छ, जसमा नेपाल टेलिकमको निशुल्क सिमकार्डका अतिरिक्त विशेष सुबिधाका प्याकेजहरु उपलब्ध हुने छन् । सो खाताहरु खोली कारोवार गर्दा बिद्यार्थी र दम्पत्तिहरुले निम्न बमोजिमका सुविधाहरु पाउने छन् ।

 १► सिम एक्टिभ भएको मितिले एक महिनासम्म हरेक दिन १० एसएमएस, १०० एमबी डेटा र ४० मिनेट्स नेट भ्वाइस टक टाइम निःशुल्क उपलब्ध हुने ।
 २► नेपाल टेलिकमको निशुल्क सीम (विद्यार्थी र दम्पत्तिलाइ) ।
 ३►यो योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाइ नेपाल बैंकले थप १ महिनाको लागि १ जि.वि. डाटा निःशुल्क उपलब्ध गराउने । सीमित अवधिका लागि लागू हुने यी अफरहरु नेपाल बैंकमा खाता खोल्ने बिद्यार्थी र दम्पत्तिहरुलाई मात्र लागू हुनेछन् ।
 ४► नेपाल बैंकको मोवाइल बैकिङ्ग एप चलाउदा १ बर्षसम्म इन्टरनेट शुल्क नलाग्ने ।
सो सम्झौतामा नेपाल टेलिकमका प्रमुख  व्यवसाय अधिकृत  प्रतिभा बैद्य र नेपाल बैंक लिमिटेडका प्रमुख फाईनान्स अफिसर होमबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

शुक्रबार १५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज शुक्रबार सुनको मूल्य तोलामा १ …

प्रतिकृया दिनुहॊस