तीन बीमा कम्पनीमा जागीर खुल्यो

काठमाडौं । तीन वटा बीमा कम्पनीमा विभिन्न पदका लागि जागीर खुलेको छ । युनियन लाइफ इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी मागेका छन् ।

युनियन लाइफ इन्स्योरेन्स लिमिटेड

युनियन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना विभिन्न शाखा तथा उपशाखाहरुका लागि एसिस्टेन्टदेखि मेनेजरसम्म विभिन्न तहमा कर्मचारी माग गरेको छ । कम्पनीले एमबिए गरेका अथवा कुनै पनि विषयमा स्नातक वा स्नातकोत्तर गरेका व्यक्तिहरुबाट दरखास्त आह्वान गरेको छ । सम्बन्धित क्षेत्रका अनुभवीलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

आईएमई जनरल इन्स्योरेन्स

आईएमई जनरल इन्स्योरेन्सले एक जना आईटी हेड मागेको छ । बीमासम्बन्धी सफ्टवेरको प्रयोग, डाटाबेस मेनेजमेन्ट सिस्टमबारे जानकारी लगायतका योग्यता भएका नेपाली नागरिकलाई जागीरका लागि एप्लाई गर्न आह्वान गरिएको छ । इन्स्योरेन्सले आवेदन दिने म्याद ५ जुलाई अर्थात असार २१ गतेसम्म रहेको छ । इन्स्योरेन्समा ईमेलबाट आवेदन दिनुपर्नेछ ।

लुम्बिनी जनरल इन्स्योरेन्स

लुम्बिनी जनरल इन्स्योरेन्सले बजार प्रबन्धकरसहायक बजार प्रबन्धक, बजार अधिकृत र बजार तथा अण्डरराईटिङ सहायक पदमा कर्मचारी मागेको छ । सबै पदका लागि स्नातक उतीर्ण कर्मचारी मागिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एमएडब्ल्यू ग्रुप फोटोन ग्लोबल अवार्ड्स २०२४ बाट सम्मानित

काठमाडौं । एमएडब्ल्यू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुई महत्त्वपूर्ण सम्मान प्राप्त गरेको …

प्रतिकृया दिनुहॊस