मोबाइल मार्फत फन्ड ट्रान्सफर अब निःशुल्क

काठमाडौं । दसैँ, तिहार तथा छठ लगायतको चाडपर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न कनेक्ट आईपीएसले फन्ड ट्रान्सफर सेवा निःशुल्क गरेको छ ।

कनेक्ट आईपीएसले मोबाइलबाट गरिने फन्ड ट्रान्सफरलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फन्ड ट्रान्सफर तथा कनेक्ट आईपीएस मार्फत मोबाइल वालेटमा गरिने फन्ड लोडलाई असोज २० गते देखि कार्तिक २५ गते सम्म पूर्ण रुपमा निःशुल्क गरिएको जनाएको छ ।

कनेक्ट आईपीएसको बढ्दो प्रयोग तथा मोबाइलबाट गरिने बैंक खातामा आधारित फन्ड ट्रान्स्फरलाई थप प्रवर्द्धन गर्न उक्त अवधिमा कारोबार शुल्क पूर्ण रुपमा मिनाह गरिएको कम्पनीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

तोलामा १६ सयले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी …

प्रतिकृया दिनुहॊस