काठमाडौं । प्रभु क्यापिटलले दशैं, तिहार र छठलाई लक्षित गर्दै एक रुपैयाँमा डिम्याट खाता खोल्दा नि: शुल्क सेयर बजार तालिम पाइने योजना ल्याएको छ ।
प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तरगत छनौट गरी १९९ रुपैयाँमा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गर्नेछ ।
साथै यसरी दैनिक छनौट भएका १० जना भाग्यमानी ग्राहकहरुलाई क्यापिटलले प्रत्येक साता शनिबारको दिन पारेर साताभरीबाट छनौट भएका ७० जना ग्राहकहरुलाई शेयर बजारसम्बन्धी आधारभुत तालिम प्रदान गर्नेछ ।
जसमा नेपालको शेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित आधारभूत फण्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन ।
यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुनेछ ।यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइनमाध्यमबाट डिम्याट खाताको लागि आवेदन दिनुपर्नेछ ।
रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ ।
यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहने क्यापछिटले जनाएकाे छ ।
दैनिक विजेताहरुको सूची १ दिन पछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिने क्यापिटलले जानकारी दिएकाे छ ।
यो योजनाको असोज १८ गते देखि कार्तिक २५ गते सम्म लागु हुनेछ ।




