नेपाल फाइनान्स र कुमारी बैंक संस्थापक शेयर आजदेखि विक्रीमा

काठमाडौं । नेपाल फाइनान्स  र कुमारी बैंकले संस्थापक शेयर विक्रीका लागि शुक्रवार ३५ दिने सुचना जारी गरेका छन् । नेपाल फाइनान्सले केहि संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ६९ हजार ३०० कित्ता शेयर विक्रीको लागि आव्हान गरेको हो । त्यस्तै  कुमारी बैंकले भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेण्ट प्रा.लीको नाममा रहेको १ लाख ९५ हजार कित्ता र वेद प्रकाश उप्रेतिको नाममा रहेको २ लाख ३८ हजार ६४० कित्ता संस्थापक शेयर विक्रीका लागि  ३५ दिने सुचना जारी गरेको हो ।

कुमारी बैंकको शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्र्नुपर्नेछ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अब भाटभटेनी भवनका छतमा विद्युत् प्लान्ट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । …

प्रतिकृया दिनुहॊस