प्रभु बैंकको ४ लाख ९७ हजार कित्ता संस्थापक शेयर लिलाममा

काठमाडौं  ।प्रभु बैंकले झन्डै ५ लाख कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ ।

बैंकले असोज १७ गतेदेखि बैंकको ४ लाख ९७ हजार ८ सय ११ कित्ता कित्ता संस्थापक शेयर लिलाममा ल्याएको हो ।

लिलामीमा राखिने सेयर न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ।

बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।

अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन।

बोलपत्र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति असोज २५ गतेसम्म  तोकिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री