लक्ष्मी बैंकलाई एसियन डेभलपमेन्ट बैंकको ‘लिडिङ पार्टनर बैंक’को उपाधि

काठमाडौं । लक्ष्मी बैंक एसियन डेभलपमेन्ट बैंकको २०२१ को लिडिङ पार्टनर बैंकको उपाधिबाट सम्मानित गरेको छ ।

सो उपाधि एडीबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत रहेको छ जसमा एडीबीसँगको सहकार्यमा सबै भन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ ।

लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो ।

एडीबीले सो उपाधिहरू जुलाई १, २०२० देखी जुन ३०, २०२१ को अवधी भर गरिएको विभिन्न सहकार्यको आधारमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंकले बिभिन्न साना, मझ्यौला तथा ठूला संस्थाहरूसँग कारोबार गरी सबै भन्दा सक्रिय साझेदार बैंकको रूपमा प्रस्तुत भएको छ ।

एडीबीको ‘लिडिङ पार्टनर बैंक’ उपाधिले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचालन क्षमता, वित्तीय स्वास्थ्य र जोखिम व्यवस्थापनको सुदृढिकरण गर्ने प्रयासहरूलाई अझ सार्थक बनाएको बैंकले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सम्पन्न

काठमाडौं । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स …

प्रतिकृया दिनुहॊस