विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज सुरक्षित अवतरण

काठमाडौँ । बुद्ध एयरको जहाज त्रिभुवन अन्तरराष्टय विमानस्थलमा अवतरण भएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको थियो ।

काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो । सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ ।

विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो । जहाजले विराटनगरमा तीन पटक अवतरणको प्रयास गरेको नागरिक उड्डयन कार्यालय विराटनगर प्रमुख उत्सव खरेलले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रामेछाप दुर्घटना अपडेट : गोकुलगंगा-४ का वडाध्यक्ष बस्नेतको मृत्यु

काठमाडौं । रामेछापमा भएको सुमो गाडी दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस