आइएमई डबलको डबलको डबल अफरका साप्ताहिक विजेता घोषित

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ। सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका हुन् । पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभमार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो।

उनीहरूले संयुक्त अरव इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा क्रमशः रू.४१,५०७/– र रू.४८,०२०/– नेपालमा रहेका आफन्तलाई पठाएका थिए। अफर अनुसार आइएमईले उनीहरू वा निजको सिफारिसमा उनीहरूका निकटका आफन्तलाई क्रमशः रू.८३,०१४/– र रू. ९६,०४०/-उपहार स्वरूप प्रदान गर्नेछ।

आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यही असोज १ देखि कार्तिक २६ (सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कूल ५७ दिनका लागि संचालनमा रहिआएको छ।

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कारस्वरूप प्रदान गरिनेछ। साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाइएको छ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ। सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ। आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीका साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस