काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा संचालनमा ल्याएकाे छ ।
कामनाले याे सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको हाे ।
उक्त वालेट सेवाको सुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले गरेका थिए ।
यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तरिकाले मात्र केहि कागजातहरु अपलोड गरी केएस डिजि वालेट खोल्न सक्नेछन् ।
यस डिजिटल वालेट खोल्न एपमा फेस रिकग्निसन गर्नसक्ने आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग भएको छ ।
साथै, अकाउन्ट ओपनिङ्ग, लोन एप्लिकेसन, इन्टर अपोरेबल क्युआर, एमक्यास लगायतका बैकिङ्ग सेवा तथा सुविधाहरु रहेका छन् ।
प्रतिकृया दिनुहॊस