काठमाडौं ।बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ७९ अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार नेप्से २ दशमलव ७९ अङ्कले बढेर २ हजार ८ सय १९ दशमलव ७५ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ९७ अङ्कले बढेर ५३० दशमलव ०७ मा पुगेर रोकिएको छ ।
स्टकका अनुसार आज कुल २२८ कम्पनीका १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
तपाईंको प्रतिकृया



