पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बन्द

काठमाडौं  ।मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोबाट  नारायणगढ–मुग्लिन सडक बन्द भएको छ ।

चितवनको इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक दुईतर्फी नै बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहानदेखि  नै पहिरो हटाउन थालिएता पनि ठूलो पहिरो खसेका कारण पन्छाउन केही समय लाग्ने  भएको छ ।पहिरो खसेपछि गाडी रोकिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप