एशियन लाईफको ‘सुनिश्चित आय’ बीमा योजना

काठमाडौं  ।एशियन लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” ल्याएको छ ।

कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालकहरु सुरेन्द्र कुमार गोयल, सजल मास्के, निष्ठा प्रधानाङ्ग, अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईं लगायतको उपस्थितिमा कम्पनीले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको हो ।

परिवारको एकजना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहजरुपमा व्यवस्थापन गर्ने उद्देश्यले यो बीमा योजना संचालनमा ल्याईएको कम्पनीले जनाएको छ ।

मुनाफामा सरिक नहुने यस जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर अतिरिक्त लाभहरु जस्तैः दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग/अशक्त सुविधा र बीमाशुल्क छुट सुबिधा थप गर्न सकिने व्यवस्था रहेको छ ।

१८ वर्षदेखि ५३ वर्ष उमेर सम्मको व्यक्तिले सहभागी हुनसक्ने यो जीवन बीमा योजनाको अवधि २४ वर्षसम्म भएतापनि बीमितले सुरुको १२ वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्छ । न्यूनतम वार्षिक बीमाशुल्क रु.२५,०००  देखि माथि बीमितको आर्थिक अवस्थाको आधारमा जति सुकै रकमको बीमाशुल्क भुक्तानि गरी बीमा गर्न सकिनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सको पुनर्जागरण अभियान सुरु

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस