देशभर बदली, कहाँ-कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौं । आज बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराई भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौं उपत्यकामा आज अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिएकी छिन् । ‘आज काठमाडौंमा केही समय मौसम खुले पनि अपराह्नपछि पानी पर्नेछ’, मौसमविद् शाक्यले भनिन्, ‘काठमाडौंमा भारी वर्षाको भने सम्भावना छैन ।’

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक -दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

काठमाडौं आज राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन मौसमविद् शाक्यको आग्रह छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरणमा प्रहरी इन्स्पेक्टर निलम्बित

काठमाडौँ । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक प्रहरी निरीक्षक निलम्बित भएका छन् । प्रहरी …

प्रतिकृया दिनुहॊस