नेपालमा आज १ हजार ६६ संक्रमित थपिए, १ हजार २३४ जना निको भए

नेपालमा आज १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २३१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २३४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ८३ हजार ९१० जना र एन्टीजेन परीक्षणबाट ८८ हजार ८९० जना पुगेको छ।

आज १६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ।

आज ११ हजार ३८५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४० लाख ८५ हजार ७९६ जनाको पिसिआर र ५ लाख ३४ हजार ९९४ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं – अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले …

प्रतिकृया दिनुहॊस