कामना सेवा विकास बैंकको एनआरएन बचत खाता सञ्चालनमा

काठमाडौं  ।कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ।

बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदरसहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउनेछ।

विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन्।

यसका साथै यस खातामार्फत खोलिने मुद्दति निक्षेपमा ०.५ प्रतिशत थप ब्याज उपलब्ध गराइने बैंकले जनाएको छ।

यो खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री