सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई  रु. १० हजार उपहार प्रदान गरिनेछ। यसका साथै हरेक महिना ५ जनालाई रु. १–१ लाख गरी २ महिना सम्म १० जना लखपति बन्न सक्नेछन्।

यो अफर असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। यो अवधिभरि सिटी एक्सप्रेसमार्फत देशविदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्।

यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री