सामूदायिक विद्यालयले अब गुणस्तरीय शिक्षामा ध्यान दिनु पर्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त गराउने सरकारको अभियानमा साथ दिन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन्।

प्रधानमन्त्री देउवाले सामूदायिक विद्यालयहरुको शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको पनि बताए । जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय भवनको बुधबार एक कार्यक्रममा बीच उद्घाटन गर्दै उनले विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेपनि संघीय सरकारले त्यसका लागि आवश्यक स्रोत, साधन र शिक्षा विकास व्यवस्थापनमा सक्दो सहयोग गरिरहेको पनि स्मरण गराए ।

प्रधानमन्त्री देउवाले २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको काम सकिने अवस्थामा पुगेको उल्लेख गर्दै अबको सम्पूर्ण ध्यान त्यहाँको गुणस्तरीय शिक्षामै केन्द्रित हुने विश्वाससमेत व्यक्त गरे। उनले सो विद्यालय भवन निर्माणका लागि सहयोग गरेकोमा जापान सरकारप्रति पनि आभार व्यक्त गरे ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले सो विद्यालयले दृष्टिबिहीन बालबालिकाहरुको पठनपाठन गराउँदै आएकोमा खुसीसमेत व्यक्त गरे । कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मुलुकको शैक्षिक, सामाजिक तथा आर्थिक क्षेत्र निर्वाधरुपले संचालन हुने गरि सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारीरुपले अघि बढाइरहेको दावी गरिन्। उनले भूकम्पको महाविपत्तिले पुनर्निर्माणको कामलाई अघि बढाउन र कोरोनाको विपद्ले सूचना प्रविधि क्षेत्रको विकासमा लाग्न ठूलो पाठ सिकाएको पनि स्मरण गराइन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस