काठमाडौं ।बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४० दशमलव २६ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार नेप्से ४० दशमलव २६ अङ्कले घटेर २ हजार ८८९ दशमलव ३ बिन्दुमा आइपुगेको छ ।
स्टकका अनुसार आज कुल २२२ कम्पनीका १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता शेयर खरिद बिक्रिबाट ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २ सय ५० रुपैयाँ ५४ पैसा बराबरको कारोबार भएको जनाएको छ ।
प्रतिकृया दिनुहॊस