नागवेली लघुवित्तको हकप्रद सेयर साउन ४ देखि

काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ४ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजी ७ करोड ६६ लाख ४६ हजार ३१५ रुपैयाँलाई बढाउन शत्प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो ।

यो वित्तीय संस्थाले १ सय रुपैयाँमा जारी गरेको सर्वसाधारण शेयरको हकप्रदका लागि यही साउन ४ गतेदेखि भदौ ७ गतेभित्र आवेदन दिनु पर्ने छ ।

यसको शेयर आवेदन दिन यही असार २१ गतेभित्रै शेयर कारोबार भएका शेयरधनीले पाउने छन् ।

यसको शेयर आवेदन गर्न एनएमबी क्यापिटल, एनएमबी बैंकका विभिन्न शाखा, नागवेली लघुवित्त, गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स, कामना सेवा विकास बैंक र सी आस्वा लागू भएका बैंक तथा वित्तीय संस्थाबाट दिन पाइने छ ।

यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।हकप्रद बाँडफाँडपछि संस्थाको चुक्तापुँजी दोब्बर बढेर १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्ने छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

ब्लाक्क एण्ड डेक्करको खरिदमा छुट पाइने

काठमाडौँ । अमेरिकी नम्बर १ ब्रान्ड ब्लाक्क एण्ड डेक्करले यो जाडोको आधुनिक समाधान स्वरुप उपयोगी …

प्रतिकृया दिनुहॊस