मिस लिटील नेवा: कात्तिक ६ गते हुने

नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उदेश्यले नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको मिस लिटील नेवा: यस वर्ष पनि हुने भएको छ।

नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार कोभिड १९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको मिस लिटील नेवाः यस वर्ष आगामी कात्तिक ६ गते शनिवार राजधानीमा हुनेछ। १३औं संस्करणको यो प्रतियोगितामा भक्तपुर र काठमाडौंका विभिन्न २० स्कुलबाट २५ जना किशोरी अन्तिम स्पर्धामा उत्रँदैछन्।

प्रतियोगितामा सहभागी किशोरीहरुलाई शुरुदेखि नै नेवारी कला, संस्कृति, धर्म र संस्कारबारे जानकारी दिन नेप्लीज फेसन होमले हालै पूजाआजाका कार्यक्रम आयोजना गरेको छ।

जसअनुसार गणेश चौथीका दिन प्रतियोगितामा सामेल किशोरीहरुलाई जनबहादलस्थित सेतो मछिन्द्रनाथ मन्दिरमा लगेर पूजाआजा गराइएको छ। त्यस अवसरमा प्रतियोगि नेवार किशोरीहरुले विश्व शान्ति तथा कोरोनाबाट छुटकाराको कामना गर्दै पूजाआजा गरेका थिए। वडा नम्बर २५ का वडाध्यक्ष निलकाजी शाक्यको प्रमूख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विभिन्न विज्ञहरुले सेतो मछिन्द्रनाथको महिमा र ऐतिहासिकतबारे सहभागीहरुलाई जानकारी गराएका थिए। प्रतियोगीहरुलाई लाख बत्ती बाल्न पनि सिकाइएको थियो।

त्यसैगरी प्रतियोगी किशोरीहरुलाई आइतबार महांकाल मन्दिरमा समयबाजी डो बनाउन सिकाएर चढाउन लगाइएको छ। सो अवसरमा समयबाजी डो को महत्वबारे बुझाइएको थियो। समयबाजी डो विभिन्न १४ परिकारबाट तयार पारिएको थियो।

लिटील मिस नेवाः, मिस नेवाः कि फस्ट रनर्सअप प्रियंका तण्डुकार, बेस्ट पर्सनालिटी पल्पसा श्रेष्ठ र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफीमा हुनेछ। त्यसैगरी मिस नेवाः सुनिता डंगोल र नीतु डंगोलले नेवारी भाषाको प्रशिक्षण दिनेछन् भने विभिन्न विधाका विज्ञहरुले अन्य विषयमा प्रशिक्षण दिनेछन्।

हरेक वर्ष नेवार समुदायका युवतीहरुका बीच मिस नेवाः आयोजना गर्दै आएको नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार नेवार समुदायका किशोरी र युवतीहरुको आत्मविश्वास र क्षमता बृद्धिका लागि यी प्रतियोगिता आयोजना गरिँदै आएको हो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

काठमाडौंका तीन ठाउँमा प्रदर्शन : पाँच हजार प्रहरी र पाँच सय ट्राफिक सडकमा

काठमाडौं । संघीय राजधानी काठमाडौंमा आज विभिन्न तीन ठाउँमा विभिन्न समूहले प्रदर्शन गर्दैछ । माइतीघरमा …

प्रतिकृया दिनुहॊस