संसदको गतिरोध अन्त्य गर्न सभामुखद्वारा आज सर्वदलीय बैठक आव्हान

संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज दिउँसो बस्दैछ।

प्रमुख प्रतिपक्षी एमालेले लगातार संसदमा अवरोध गर्न थालेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको थियो।

सभामुख सापकोटाले त्यसअघि नै विवाद समाधान गर्न चाहेका हुन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार बैठक आज दिउँसो साढे २ बजे ल्होत्से हलमा बस्नेछ।

संसदको नवौँ अधिवेशन २३ भदौबाट सुरु भएको हो। त्यस यता एमालेले बैठक अवरूद्ध गर्दै आएकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत …

प्रतिकृया दिनुहॊस

This will auto close after