मानेभन्ज्याङमा जीप दुर्घटना : एकको मृत्यु, नौं जना घाइते

काठमाडाैँ । ओखलढुङ्गाको मानेभन्ज्याङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् ।

मानेभन्जयाङ गाउँपालिका–६ हिलेपानीमा आइतबार दिउँसो बा ११ च ५२१० नम्बरको जीप सडकबाट ५० मिटिर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जीप सिद्धिचरण नगरपालिका–२ ठूलाछापको निशंखेबाट यात्रु लिएर काठमाडौँ आउँदै थियो ।

दुर्घटनामा बारा घर भएका ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । जीपमा चालकसहित १० जना सवार थिए । दुर्घटनामा नौ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जना शिशुसहित चार जनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए । गम्भीर घाइते चार जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ । तीव्र गतिको कारण जीप पल्टिएको अनुमान प्रहरीले गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत …

प्रतिकृया दिनुहॊस

This will auto close after