कांग्रेस निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाएको उनले पुष्टि गरे ।

‘मैले राजीनामा दिइसकेको छु’, संयोजक यादवले भने, ‘अब के हुन्छ, त्यो पार्टीले जान्ने कुरा भयो ।’ निर्वाचनले लामो समय लिएकाले आफूले राजीनामा दिएको उनको भनाइ छ ।

कांग्रेसले भदौ १८ गते देशका छ हजार ७४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने भने पनि ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन सकिएको छ । २१ जिल्लामा अधिवेशन सुरु भएको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री