युवा खेलाडी प्रिती राईले राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गोल गरेकी छिन्। त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा बंगलादेशबिरुद्ध जारी पहिलो खेलको २४ मिनेटमा १६ वर्षकी युवा खेलाडी प्रिती राईले डेब्यु गोल गरेकी हुन् ।
नेपालको लागि प्रितीले खेलको २४ मिनेटमा दोस्रो गोल गरेकी हुन्। उनले मिडफिल्डर शरु लिम्बुको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरिन् ।
नेपाल यू-१५ टोलीको कप्तान समेत रहेकी प्रितीले डेब्यु खेलमै राष्ट्रका लागि गोल गरेकी हुन्।
यस अघि सविता राना मगरले नेपाललाई अग्रता दिलाएकी थिइन्। सविताले खेलको १४ मिनेटमा नेपाललाई अग्रता दिलाइन्। सविताले राइट विंकर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन्। बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन्।
नेपाली टिम
गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा
डिफेण्डर : हिरा भुजेल, गिता राना, अमृता जैशी, पुजा राना
मिडफिल्डर : सविता राना मगर, रेणुका नगरकोटे, दिपा राई, मन्जली कुमारी योञ्जन, विमला चौधरी
स्ट्राइकर : सरु लिम्बु ।न्युज कारखाना



