प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले सभामुख अग्नीप्रसाद सापकोटालाई पदीय मर्यादामा बस्न चेतावनी दिएका छन्।
आफ्नो दलले कारबाही गरेर निष्कासन गरेर माधव नेपालसहितका १४ जना सांसदहरुलाई संरक्षण दिएर सभामुख सापकोटाले पदीय दूरुपयोग गरेको उनको आरोप छ। बुधबार रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी फुटाउन सभामुख सापकोटाले राजनीतिक दलको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे।
उनले दलको ह्वीप उल्लंघन गरेर पार्टीले कारबाही गरेका सांसदहरुलाई कुन संविधान, कानुन र नियमावलीको आधारमा संरक्षण दिएको? भनि सभामुख सापकोटालाई प्रश्नसमेत गरे।
उपमहासचिव पौडेलले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा एक सिट पनि ल्याउन नसक्ने दावी गरे। उनले औपचारिक ढंगले संसदमा पेश भएपछि एमसीसीबारे आफ्नो पार्टीले धारणा तय गर्ने पनि बताए।
प्रतिकृया दिनुहॊस