काठमाडौं । बलिउड अभिनेत्री जुही चावलाले काठमाडौंको सडकमाथि व्यंग्य प्रहार गरेकी छिन् । केही दिन अघि भारतबाट काठमाडौं आएकी जुहीले काठमाडौंको सडकहरुको बिजोकलाई सामाजिक सञ्जाल मार्फत व्यंग्य प्रहार गरेकी हुन् ।
काठमाडौं, भक्तपुर, धुलिखेल लगायतको ठाउँहरुको अवलोकन गरिसकेकी जुहीले ट्वीट गर्दै काठमाडौंको अस्तव्यस्त सडकमाथि व्यंग्य प्रहार गरेकी छिन् ।
उनले ट्वीट गर्दै लेखेकी छिन्, ‘जब काठमाडौंमा हामीले गाडी कुरिरहेका थियौं, धेरै धुलो, धेरै ट्राफिक, त्यस्तै धेरै डिजेल र पेट्रोलको वायु प्रदुषण । हामीले आफ्नै अनुहारनै छोप्नु प¥यो । प्रत्येक दिन यहाँका लोकल मान्छेहरुले सर्जिकल मास्क लगाएर हिँड्छन् ।’
जुहीले यस्तो ट्वीट गरेसँगै एउटा फोटो पनि पोष्ट गरेकी छन् । जहाँ पाँच जना उभिरहेका छन् । सायद उनीहरुले आफ्नो गाडीलाई कुरिरहेका होलान् । उनीहरु पाँचै जनाले आफ्नो अनुहारलाई रुमालले छोपेका छन् ।
प्रायः नेपाल घुम्न आउने विदेशी पर्यटकले नेपाल तथा काठमाडौंको सुन्दरताको बारेमा खुलेरै प्रसंसा गर्छन् । तर बलिउड अभिनेत्री जुही चावलाले भने ठीक उल्टो धुलाम्मे काठमाडौंको नांगो तस्विर सार्वजनिक गरेकी छन् ।
प्रतिकृया दिनुहॊस