उदयपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ स्थित भालु खोलाले बगाउँदा एक बालिकाको मृत्यु   भएको छ।

स्थानीय यम कुमार राईको १३ वर्षिया छोरी यसिका राई रहेको प्रहरीले जनाएकाे छ।

आइतबार विहान ७ बजे भालु खोलाको छेउमा रहेकोले नं. प्र १–०५–००१ ह ०१२७ नं. को आफ्नै अटो निकाल्न घर परिवारसँग गएकोमा क्रममा उक्त खोलामा माथिबाट एक्कासी बाढी आई उक्त अटो र बालिकालाई बगाएको थियो ।

खोलाले बगाउँदा अटो करिव ५ सय मिटर तल फेला परेको थियो भने बालिका घटना स्थलबाट करिव ८ किलो मिटर तल त्रियुगा नगरपालिका ९ स्थित त्रियुगा खोलामा शव फेला परेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री