उपेन्द्र यादवकाे समूहमा गएकाहरू पछुताएर फर्कनेछन्ः राजेन्द्र महतो

जनकपुरधाम,

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादवले मधेसभन्दा पनि जातीयवादी विषपूर्ण राजनीतिलाई प्रश्रय दिएको आरोप लगाएका छन्। उनले अहिले केही व्यक्तिलाई फाइदा भए पनि आउने दिनमा मधेसलाई गम्भीर क्षति हुने चेतावनी पनि दिए।

महतोले मधेसका जनतालाई अब मुर्ख बनाउन नसकिने भन्दै सारा परिस्थितिको विषयमा जनता जानकार रहेका कारण आउने दिनमा सबै परिस्थितिलाई लिएर जनताको बिचमा जाने बताए। उनले केही व्यक्तिलाई लोभ दिएर आफूतर्फ ताने पनि केही दिनमा उनीहरुको भ्रम निवारण भएर पछुतो मात्रै गरिने ठाउँ रहेको बताए।

जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले आफूलाई मधेसमा एउटा वैकल्पिक शक्ति निर्माणको लागि अग्रसर भइरहेको अवस्थामा उपेन्द्रसँग पार्टी एकता गरे पनि उनले धोका दिएको आरोप लगाए। उनले भने, ‘हामी मधेसी एकतावाद जिन्दावादको नारा लगाउँदै थियो, उपेन्द्रसँग एकता गरियो। तर उनले एकतालाई गलत रुपमा बुझे। जसकारणले एकता टिकेन।’

महतोले पार्टी निर्माणको क्रममा आफूहरु निस्वार्थभावले लागे पनि त्यसलाई उपेन्द्र यादवले दुरुपयोग गरेको र आफ्नो पार्टीलाई फुटबाट जोगाउनको निमित्त प्रयोग गरेको आरोप लगाए।न्युज कारखानाबाट

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस