एक अर्ब ६० करोड लगानीमा चोभारमा निर्माण भयाे सुख्खा बन्दरगाह, छिट्टै सञ्चालनमा आउने

चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाहकाे काम अन्तिमचरणमा पुगेसँगै सञ्चालनको तयारीमा छ। हिमाल सिमेन्ट कारखाना रहेको स्थानमा सरकारले एक अर्ब ६० करोड लगानीमा ५०० कन्टेनर अट्ने क्षमताको पूर्वाधार तयार गरेकाे हाे ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार पूर्वाधार निर्माण सकिएको सो बन्दरगाह भन्सार र क्वारेन्टिन तयार हुनासाथ सञ्चालनमा आउनेछ। समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार बन्दरगाहमा भन्सार, क्वारेन्टिनको लागि तीन वटा भवन निर्माण गरिएको छ।

यस्तै, सामग्री भित्र्याउने र पठाउन तीन वटा गोदाम तयार छन्। उक्त बन्दरगाहमा एक्जिम(आयात–निर्यात) क्षेत्र र आन्तरिक ढुवानी तथा व्यापारका लागि दुई भागमा विभाजन भएको छ । जसमा पहिलोलाई आयात–निर्यातका लागि प्रयोग गरिने छ। सो क्षेत्रमा बाहिरबाट नेपाल आयात भएका र नेपालबाट बाहिर निर्यात हुने सामानको जाँच, भन्सार क्लियरेन्स तथा क्वारेन्टिनलगायत कामहरू हुने बताइएकाे छ।

यस्तै, आन्तरिक ढुवानी तथा व्यापारका लागि दोस्रो क्षेत्र छुट्याइएको छ। सो क्षेत्र व्यवसायीले ल्याएका सामान ‘अनलोड–अफलोड’ गर्ने, गोदामघरमा भण्डारण नगरी लोडेड गाडी ल्याएर सामग्री लैजाने व्यवस्थाका लागि छुट्याइएको हो।

०७५ को साउनमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको सो आयोजनामा १४ महिना समय थप गरिएको थियो। चोभारमा हिमाल सिमेन्टले ओगटेको एक हजार ४१ रोपनी जग्गामध्ये २२० रोपनीमा सुख्खा बन्दरगाह र ४१ रोपनीमा कर्मचारीका लागि आवास गरी कूल २६१ रोपनीमा सान्छी–आशिष जेभीले बन्दरगाह निर्माणको काम गरेकाे हाे।

निर्माण सम्झौता भएको १८ महिनामा सक्ने भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ माघ ०७५ मा शिलान्यास गरेको सो आयोजना कोरोना महामारीका कारण सरकारले गरेको बन्दाबन्दी र स्थानीयले गरेको अवरोधका कारण निर्माणमा ढिलाइ भएको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस