धादिङमा टिपर र मिनी ट्रक एकआपसमा ठाेक्किँदा २३ जना घाइते

धादिङ ।  धादिङको नीलकण्ठ नगरपालिका ८ बगैँचामा  टिपर र मिनी ट्रक एकआपसमा ठाेकिएर दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

ज्वालामुखी गाउँपालिकाबाट धादिङबेसी आउँदै गरेको बा ३ ख ५६२६ नम्बरको मिनी ट्रक  सडकपेटीमा रोकिराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको हो ।

केहि  घाइतेलाई उपचारको लागि   हेलिकप्टर र एम्बुलेन्समार्फत काठमाण्डौमा रहेकाे ट्रमा सेन्टर पठाइएको  जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

अन्य घाइतेहरूको भने  धादिङ अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप