करेन्ट लागेर महिलाको मृत्यु

सप्तरी । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ पकरी निवासी ५३ वर्षीया अमिरका देवी सदाको  करेन्ट लागेर  मृत्यु भएको छ । मोटरमा जोडिएको विद्युतको  खुल्ला तारमा खुट्टा  परि उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागि घाइते भएकी उनको  उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप