काठमाडौं । नेपालमा फेरि मनसुन सक्रिय भएको छ । केहि दिनदेखि पुनः सक्रिय भएको मनसुन अझै केहि दिन कायम रहने मौसमविदले जनाएका छन् ।
आज देशका पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (आइतबार) नारायणी र यसका सहायक नदीहरूमा पानीको बहाव बढ्ने पूर्वानुमान छ ।
मझौला नदीहरू कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कोशी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, सिन्धुली, मकवानपुर, चितवन, पर्वत, स्याङ्जा, तनहुँ, नवलपुर, बागलुङ, म्याग्दी, कास्की, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रोल्पा, सुर्खेत, सल्यान, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, अछाम, डोटी, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज यस्तो छ बाढीको पूर्वानुमान





