हिमालयन बैंकद्वारा गंगालाल अस्पताललाई आर्थिक सहयोग

काठमाडाैं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न ६ लाख ९२ हजार ९६२ बराबरको आर्थिक सहयोग गरेको हो ।

अस्पतालमा भएको उक्त वार्ड जिर्ण भएकोले सेवाग्राही तथा

चिकित्सकहरुका लागि समेत समस्या परेकोले बैंकले उक्त वार्ड मर्मत संहार गरी हस्तान्तरण गरेको हो ।

बैंकका तर्फबाट महाप्रबन्धक सुशील जोशी र माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि आधिकारीको उपस्थितिमा उक्त वार्डको समुद्घाटन गरेका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

राष्ट्र बैंकद्वारा कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक लगाएको छ । बैंकको …

प्रतिकृया दिनुहॊस