मेगा म्युचुअल फन्ड–१ मा आवेदन दिने म्याद आज सकिदैं

काठमाडौं ।मेगा बैंकको सहायक कम्पनी मेगा क्यापिटल मार्केट्स लिमिटेडबाट  सञ्चालित मेगा म्युचुअल फन्ड–१ का इकाइहरु खरिदका लागि आवेदन दिने आज सकिदैं  छ ।

कोष प्रवर्द्धक मेगा बैंक नेपाल र योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेका यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइहरु गत भदौ ४ गतेदेखि बिक्री खुला गरिएको थियो। यस योजनामा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री