नेकपा एमालेको महाधिवेशन मंसिर १० देखि

काठमाडौं। नेकपा एमालेले आगामी मंसिर १० देखि पार्टीको १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ । तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको पार्टी स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिएका छन् ।

विधान अधिवेशन असोज ४, ५ र ६ गते निर्णय गरेको छ ।  नेपाल पक्ष भनेर चिनिएपछि  स्थायी कमिटी सदस्यहरुको पनि सहभागिता रहेको थियो । बैठकले पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप