बैंक तथा वित्तीय संस्थाले असारसम्म सिडी रेसियो ९० प्रतिशत कायम गर्नु पर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आगामी असार मसान्तभित्र सिडी रेसियो ९० प्रतिशत कायम गर्न निर्देशन दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सिसिडी रेसियो खारेज गर्दै सिडी रेसियो ९० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरेको थियो तर नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई ‘कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) तोकिएभन्दा बढी भएमा बैंक तथा वित्तीय संस्थाहरुले क्रमिक रुपमा घटाई २०७९ असार मसान्तभित्र तोकिएको अनुपात कायम गरिसक्नु पर्नेछ,’ भन्ने निर्देशन दिएको हो ।

यो निर्देशन जारी हुनुपूर्व जारी भएका ऋणपत्रको हकमा इजाजतपत्र प्राप्त संस्थाले २०७९ असार मसान्तसम्मको लागि निक्षेपको रुपमा समेत गणना गर्न   सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अब भाटभटेनी भवनका छतमा विद्युत् प्लान्ट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । …

प्रतिकृया दिनुहॊस