बैंक अफ काठमाण्डूले ल्यायो कन्ट्याक्टलेस कार्ड सुविधा

बैंक अफ काठमाण्डूले  प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई उत्कृष्ट सेवा तथा सुविधा उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।

बैंकले नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गरी ग्राहकले भुक्तानी गर्न सकिने सुविधामा आधारित सेवा सञ्चालनमा ल्याएको हो।

यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दूरीबाट पीओएस मेसिनमा ट्यापमात्र गरी भुक्तानी गर्न सकिन्छ।

हाललाई यस प्रविधिमार्फत ग्राहकले प्रतिकारोबार २ हजार रुपैयाँसम्म कारोबार गर्न सक्ने बैंकले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको …

प्रतिकृया दिनुहॊस