भरुवा बन्दुक सहित सुनसरीबाट  एक जना पक्राउ

सुनसरी। सुनसरी बराहक्षेत्र नगरपालिका १ का ६३ बर्षीय बरम बहादुर राईलाई एक थान भरुवा बन्दुक सहित प्रहरीले  पक्राउ गरेको  छ ।
२६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाती १३ बर्षीय अभिषेक राईलाई छर्राले लागी घाईते भई उपचारको लागी घोपा धरान लगेको भन्ने सुचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजतलास गरिरहेको थियो ।
खोजतलासकै क्रममा बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको हो । पक्राउ परेका राईको घर  लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक समेत बरामद गरिएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री