मेगा बैंकको ‘मेगा म्युचुअल फन्ड–१’ लाई निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फन्ड–१’ लाई निष्कासन अनुमति दिएको छ।

मेगा म्युचुअल फन्ड–१को  योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले यस योजनाअन्तर्गत १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गर्नेछ।

कुल इकाइमध्ये न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक मेगा बैंकका  लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिनेछ।

यसको निष्कासन मिति भने निर्धारण भएको छैन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री