आन्तरिक राजस्व विभागको स्टिकर सहित ५ जना पक्राउ

कैलाली । कैलाली गौरीगंगा नगरपालिका-७ बाट आन्तरिक राजस्व बिभाग लेखिएको स्टिकर रोल ७७ (जम्मा स्टिकर संख्या २ लाख ८८ हजार ६ सय ७४), ७० यूपी ३०० एमएल लेखिएको छाप ३ थान , ३ थान स्ट्याम प्याड र मसी सहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा बस्ने १९ वर्षीय संजित कुमार, सोही ठाउँ बस्ने २० वर्षीय रिङ्कु कुमार, २२ वर्षीय सुरेश कुमार, रौतहट गरुडा नगरपालिका-१ जयनगर बस्ने ४० वर्षीय राज कुमार शाह र पर्सा वीरगंज नगरपालिका-१३ घन्टाघर बस्ने ५५ वर्षीय विजय गुप्ता रहेका छन् ।
संजित कुमारले चलाएको ना.३२ प ६२८१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कैलाली र मातहातबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ३ वटा कार्टुनभित्र आन्तरिक राजस्व बिभाग लेखिएको उक्त स्टिकर फेला पारी संजित र मोटरसाइकलमा सवार रिङ्कुलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई बरामद सामान सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीमा पठाइने प्रहरीले  जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पोखरामा रवि लामिछानेको सहकारी ठगी मुद्दामा बयान सकियो, अब म्याद थपेर रुपन्देही लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधका आरोपमा गरिएको अनुसन्धानमा बयान लिने प्रक्रिया सकिएको छ । लामिछानेलाई सरकारी वकिलको कार्यालयले पटकपटक बयानका लागि बोलाएको थियो । उनको सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहॊस