काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट मुक्त भएपछि आज पहिलोपटक संसदमा सम्बोधन गर्ने भएका छन् ।
देउवले प्रधानमन्त्री भएपछि विश्वासको मत लिने समयमा मात्रै संसदमा गएका आज पहिलो पटक विपक्षी दलको नेताको हैसियतमा ओलीले संसदमा सम्बोधन गर्ने भएका हुन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार आजको संसद बैठकमा ओलीले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा सम्बोधन गर्ने तय भएको छ ।
आजको सम्बोधनमा ओलीले पछिल्लो समयमा विकसित भएका घटनाक्रम र सरकारले ल्याएको न्युनतम साझा कार्यक्रममाथि टिप्पणी गर्ने सम्भावना जनाइएको छ ।
प्रतिकृया दिनुहॊस