काठमाडौं। चन्द्रागिरि हिल्स लिमिटेडको घाटा बढ्दै गएको छ । कोरोनाका कारण पर्यटन ब्यवसाय ध्वस्त हुँदा घाटा बढेको हो। कम्पनीले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै घाटा १३८ प्रतिशतले बढेको जनाएको छ।
वित्तीय विवरण अनुसार, कम्पनीको घाटा २५ करोड ३८ लाख रुपैयाँ नाघेको हो।
कोभिडपछि पर्यटन प्रभावित भएको र सरकारले लकडाउन र निषेधाज्ञा लगाएकाले सञ्चालन नै अबरुद्ध हुँदा आम्दानी घटेको छ।
चन्द्रागिरिको १८२ प्रतिशतले ऋणात्मक जगेडा बढेको छ । वित्तीय विवरण अनुसार, जगेडा कोष ३९ करोड ३५ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
तपाईंको प्रतिकृया




